Sunday, 15 November 2015

मरिरछु

तिम्रो यादमा तड्पी पलपल मरिरछु
जिउदो भए पनि आजकल मरिरछु।

यता पनि ठिक्क उता पनि ठिक्क
तिमी देखि भई अलमल मरिरछु।

कसैको कुभलो चिताउदिन मैले
कुन पापको पाई यो फल मरिरछु।

बिस्वासघात तिम्ले गरे पछि आज
ममा छाई कालो बादल मरिरछु।

छेपारोले जस्तै रुप फेरी हिन्यौ
सहन नसकेर छल मरिरछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...