आज सबेरै टन्न पिएर हिन्दैछु म
यो मुटु भरी चोट लिएर हिन्दैछु म।
साचो मायामा धोका खाएपछि के हुन्छ
भन्ने यस्तै संदेश दिएर हिन्दैछु म।
नशाले भन्दा पनि बचनले लागेको छ
बिस्वासघाती बाट छुट्टिएर हिन्दैछु म।
टुक्रा टुक्रा भएको,घाइते मुटु लिएर
जिउँदो लास बोकेर, जिएर हिन्दैछु म।
खै के उप-नाम दिउ माया भन्ने चीजलाइ
माया बाट नै बिरक्तिएर हिन्दैछु म।
No comments:
Post a Comment