Saturday, 7 November 2015

देउसिरे

तिहारैको सबै लाई शुभ्कामना देउसिरे
खुशी अनि सुखी होउन् सबै जना देउसिरे।

कालो बादल अबिस्वासको हटोस् एक अर्का बीच
लाउन छोडौ आजै देखि दोस-लान्छना देउसिरे।

कुमार्ग छोडेर अब सुमार्गमा लम्कौ है
गल्ती,कम्जोरीको गरौं आलोचना देउसिरे।

आम नेपालीको घरमा लक्ष्मीले बास गरुन्
गरौं सुन्दर संसारको नै स्थापना देउसिरे।

शिर देखि पाउ सम्म चम्किरहोस् हजुरको
श्रीमतीको हीरा,मोती,गर-गहना देउसिरे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...