Wednesday, 11 November 2015

ओठ सुकि सक्यो

तिम्रो नाम लिदा ओठ सुकी सक्यो
पर्खी बस्दा बस्दा ढाड झुकी सक्यो।

सारा खुशी तिम्रो लागि सजाउदा
आज आफ्नै खुशी कता लुकी सक्यो।

मर्छु क्यारे म त तिम्रै प्रतीक्षामा
तिमी भने कोसौ टाढा पुगी सक्यो।

मायाको तीरले छेड्न चाहन्थे म
तैपनि निशाना कतै चुकी सक्यो।

हजारौं प्रयत्न गरे पनि आखिर
भाग्यले निधारमा प्याच्चै थुकी सक्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...