सोधेकोछु भन्नू होला तर्की जाने लाई
संघारमा पुगेर नि फर्की जाने लाई ।
आ'की थिई आज मेरो आगनमा परी
मेरी मन्की रानी उनी छे अति सुन्दरी।
बोल्न खोज्दा खेरी मैले झर्की जाने लाई
संघारमा पुगेर नि फर्की जाने लाई ।
नागबेली केश उन्को ,पिपल्पाते ओठ
बत्तीस वटै लक्षण देख्छु छैन केही खोट।
मग्मग बसाउने अत्तर छर्की जाने लाई
संघारमा पुगेर नि फर्की जाने लाई।
सोधेको छु भन्नू होला तर्की जाने लाई
संघारमा पुगेर नि फर्की जाने लाई ।
No comments:
Post a Comment