लाखौं लाख सलाम छ चट्टै छोडी जाने लाई
कमलो यो मुटु मेरो कठै तोडी जाने लाई ।
जिन्दगीमा सर्बस्व नै तिमी लाई ठानेको थें
मन-मन्दिरकि देवी तिमी लाई मानेको थें।
शुभयात्रा भन्छु म त अन्तै मोडी जाने लाई
कमलो यो मुटु मेरो कठै तोडी जाने लाई।
तिमी संगै जंघार तर्छु,भन्यौ किन माया गर्छु
दोबाटोमै छोड्ने भए भन्यौ किन संगै मर्छु।
आँखा बाट पसिकन मुटु फोडी जाने लाई
कमलो यो मुटु मेरो कठै तोडी जाने लाई।
No comments:
Post a Comment