संसारकै नमूना त्यो जोडी बनौं प्रिय हामी
बाधा अड्चन आएमा तोडी बढौ प्रिय हामी
(आउ प्रिय रचौ हामी पिरतीको इतिहास)२
यो मायाको संसारमा जात-भात,बर्ग हुन्न
मायाको यो सुख भन्दा अरु कुनै स्वर्ग हुन्न
मुना-मदन भन्दा राम्रो जोडी बनौं प्रिय हामी
राधा-कृष्ण भन्दा पनि अगि बढौ प्रिय हामी
(आउ प्रिय रचौ हामी पिरतीको इतिहास)२
हामी यस्तो माया गरौं नामै अमर हुने गरी
हाम्रो प्रेम कहानीले सबैको मन छुने गरि
चर्चित सबै जोडी लाई पछि छोडौ प्रिय हामी
रोमियो/जुलियट भन्दा अगि बढौ प्रिय हामी
(आउ प्रिय रचौ हामी पिरतीको इतिहास)२
No comments:
Post a Comment