Friday, 13 November 2015

आउ

सुन्दरताकि धनी तिमी परी आउ
धर्ती तिर स्वर्ग बाट झरी आउ।

आतुर छु म तिम्रो दर्शन पाउन लाई
आउ मेरी रानी, किरण सरी आउ।

मेरो मनको थैली तिमीलाई पठाउछु
मायाको यो खाली थैली भरी आउ।

मलाई थाहा छ तिमी कतै दुर छौ
सातै समुन्द्र नि तरी तरी आउ।

सजाउदैछु तिमी राख्ने दरबार म
सुनौलो सपना को नगरी आउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...