आफैंले फलाको दाना मीठो मलाइ
स्वदेशी,नेपाली खाना मीठो मलाइ।
ज्यानको बाजि थापे हाम्रा वीर,पुर्खाले
इतिहासको यस्तै पाना मीठो मलाइ।
रोपनी,बिगाहा चाहिदैन हजूर
झुपडी बनाउन आना मीठो मलाइ।
साथी हरु भन्छन् आर सी सी बनाउ
छाप्रोको खरैको छाना मीठो मलाइ।
सम्मान गर्छु म त हाम्रै कलाकारको
हिमाल,तराईका गाना मीठो मलाइ।
मिहिनेती भए खेतमा नै उमृन्छ
पसिनाको कमाइ माना मीठो मलाइ।
No comments:
Post a Comment