Sunday, 15 November 2015

मरुभूमिमा

आँखा मिच्दै जानुपर्छ काममा मरुभूमिमा
सोच्दा लाग्छ यो जिन्दगी जाममा मरुभूमिमा।

ताजा खाना केही छैन,बासी सडे-गलेका
खाँदा ढुसी उम्र्या हुन्छ माममा मरुभूमिमा।

आँसु हो कि पसिना हो,छुट्याउनै गाह्रो हुन्छ
खट्नु पर्छ निरन्तर घाममा मरुभूमिमा।

मान्छे पनि भेडा,बाख्रा,जनावर झैं गरि
बिक्री हुन्छ सस्तो सस्तो दाममा मरुभूमिमा।

सुनौलो सपना बोकी छिर्छन् खाडी देशमा
कोही त्यतै जान्छन् पराम-धाममा मरुभूमिमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...