Monday, 16 November 2015

चाला देखेर

रगत उम्ली आउँछ नेताको चाला देखेर
उनैको गलामा फुलको माला देखेर।

मीठो,चिल्लो भासण छाटेर हिन्छन् बाहिर
यी नेताका भित्री मनहरु काला देखेर।

मरेरै बाचेका छन् लाखौं जनता हरु
आँसु झर्छ मान्छे को बधशाला देखेर।

मुक-दर्शक भएर उभेको छ हाम्रो सरकार
दक्षिणी सिमाना मा लाको ताला देखेर।

गरीब हरु झनै गरीब हुँदै छन् दिन्दिनै
घृणा लाग्छ अब ती ठुला- ठाला देखेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...