Tuesday, 10 November 2015

बन्धन छुटे पछि

बाच्न गाह्रो प्रीतिको बन्धन छुटे पछि
ढुक्ढुक गर्ने मुटुको धड्कन छुटे पछि।

पानी बिनाको माछा जस्तो हुन्छ मन
आफ्नो मायालु संग गन्थन छुटे पछि।

आँसुको ताल बन्छ धुरु धुरु रुदा
प्रियसीको मुख बाट वचन छुटे पछि।

अबिस्मरणिय क्षण झल्झली सम्झिन्छु
फेरि कैल्यै आउदैन बच्पन छुटे पछि।

शिशिर जस्तै उजाड हुन्छ हाम्रो जीवन
नचाहेरै सर्लक्क यौवन छुटे पछि।

रोएर,कराएर के हुन्छ धर्तीले
सुन्दर,शान्त,विशाल गगन छुटे पछि।

कहाँ गइ के गर्दो हो प्राणीको आत्माले
अन्जानमै बिचरा त्यो तन छुटे पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...