अरु सामू मेरो कदर हुन्न भने
मेरो माया तिम्लाइ सदर हुन्न भने
गए हुन्छ तिमी यो दु:खी लाई छोडेर)२
बाच्न म सक्तिन तिरस्कार सहेर
तन नजिक तर मन टाढा रहेर।
पीडा हुँदा यता नजर हुन्न भने
हाम्रो माया सधैं अमर हुन्न भने
गए हुन्छ तिमी यो दु:खी लाई छोडेर)२
आलो भन्दा पनि कोट्याउदा दुख्छ घाउ
मिल्ने मान्छे पाए त्यतिकै सुक्छ घाउ
अन्त लाको माया बदर हुन्न भने
जिन्दगीमा संगै सफर हुन्न भने
गए हुन्छ तिमी यो दु:खी लाई छोडेर)२
No comments:
Post a Comment