जानी नजानी तिम्रो दिलको कैदी भएछु
तिमी भएछौ रानी म त रैती भएछु।
तिम्रो सम्झना गर्दा आफै लाई बिर्सेछु
जली उज्यालो दिने मैन बत्ती भएछ।
चंगा भएर उड्यौ माथी माथी तिमी त
चंगा बाट चुडेको धागो सरी भएछु।
संगै शुरु भएको थियो जीवन-यात्रा
धेरै टाढा पुगेछौ,म त पछि भएछु।
No comments:
Post a Comment