कैले काहीँ यो बाटोमा आउदै गर्नु प्रिय
यो दु:खीको चोखो माया पाउदै गर्नु प्रिय।
तिमी बिना मेरो घर सद्धे रहदैन
चुहिएको छानो तिमी छाउदै गर्नु प्रिय।
तिम्रो लागि यो मुटुको ढोका सधैं खुल्छ
जुग जाने माया प्रीति लाउदै गर्नु प्रिय।
जादैछौ समुद्र पारी यो दु:खी छोडेर
तिमी चड्ने डुंगा यता ख्याउदै गर्नु प्रिय।
तिम्रो अनुपस्थितीमा कसरी हास्नु र
फर्की नआए सम्म रुवाउदै गर्नु प्रिय।
No comments:
Post a Comment