तिम्रो माया कति छ, छाती चिरी हेर ।
मैले जस्तै तिमीले माया गरी हेर।
अमूल्यछ मेरो माया हिरा मोती भन्दा ।
जान्छ क्यारे मेरो प्राण तिमी तिमी भन्दा ।
मेरो साथ मायाको डुंगा चढ़ी हेर ।
मैले जस्तै तिमीले, माया गरि हेर ।
पत्थर जस्तो दिल तिम्रो नौनी बनाई देऊ ।
तड़पि रैछ मन मेरो अब नतड़पाइ देऊ ।
निश्छल मेरो मायामा बिस्वाश गरी हेर ।
मैले जस्तै तिमीले माया गरी हेर ।
No comments:
Post a Comment