तिम्रो शहर सित मेरो शहर मिलाइ देउ
तिम्रो रहर सित मेरो रहर मिलाइ देउ।
तिमी बिना मेरो गजल अधुरो रहन्छ
गजल लाई सुहाउने बहर मिलाइ देउ।
तिम्रो सुख,दु:ख भन्नू मेरो पनि त हो
तिमी संगका खुशीका लहर मिलाइ देउ।
सोच्न सम्म सक्तिन म तिमी बिना बाच्ने
मलाइ मन नपरेमा जहर मिलाइ देउ।
No comments:
Post a Comment