Thursday, 5 November 2015

पुरानो हिसाब

तिमी संग पुरानो हिसाब बाकी छ
उपहार तिम्ले दे'को तनाब बाकी छ।

चोखो माया लाई के सम्झ्यौ तिमीले
तिमीले नबुझेका यी भाब बाकी छ।

बाहिरी रुप अर्को, भित्री अर्कै छ
उतार्नु पर्ने कुरुप नकाब बाकी छ।

सत्य र असत्यको लडाइँ जस्तै
प्रेम र घृणाको बीच टकराब बाकी छ।

सोझो औंलाले मात्र आएन घिउ
एउटै मात्र उपाय दबाब बाकी छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...