Thursday, 19 November 2015

आधा बाटो

आधा बाटो पुगे पछि पार लगाइ दिनु
जीवन मेरो उजाड भयो झार लगाइ दिनु।

यदि मेरो अनुहार कुरुप लागेमा
मेरो बाटो छेक्न काडे-बार लगाइ दिनु।

अवरोध गरे पनि तिम्रो सामू आउछु
सक्छौ भने करेन्टको तार लगाइ दिनु।

मेरो अन्त्य हुँदा पनि मेरो अनुरोध छ
तिमी यस्तै हसिलो मुहार लगाइ दिनु।

काट या त मार मलाइ,जे चाहन्छौ गर
मेरो मन राख्न थोरै प्यार लगाइ दिनु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...