मायाको सवालमा घुडा टेकाएर गयौ
असली अनुहार सामू देखाएर गयौ।
मायाको बदला घृणा उपहार दियौ
छोडेर इमान पैसा पछ्याएर गयौ।
आशाको कलिलो मुना निमोठेर फाल्यौ
छातीमा धारिलो तिर बर्साएर गयौ।
पीडाको भुमरी भित्र धकेलेर मलाइ
सुनौलो सपना तिमी सजाएर गयौ।
जिन्दगी स्वर्ग झै सुख,जय होस है तिम्रो
"माङ"लाइ त जिउदो लास बनाएर गयौ।
No comments:
Post a Comment