Thursday, 12 November 2015

के बन्छ कि

मन-लागि लेख्दैछु हेरौं के बन्छ कि
कोही कसैले त कविज्यु भन्छ कि।

लक्ष्मी प्रसादको झैं मेरो लेखाइ पनि
धारा-प्रवाह रुप मा नै बहन्छ कि।

कसी लगाएर फलाम लाई पनि
कतै सुन जस्तै चम्चम चम्कन्छ कि।

कोसिस चाहिँ गर्छु जो पर्ला सो टर्ला
रिस गर्ने हरुले पागल सम्झन्छ कि।

लेख्न खोजेको त साहित्य नै हो नि
चित्त नबुझेर गाली बर्सन्छ कि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...