Monday, 16 November 2015

चौतारी तिमी

मनको बह बिसाउने चौतारी तिमी
मेरो हृदयको राज-कुमारी तिमी।

हामी बीच समाजले पर्खाल बनायो
म यता वारि भए छौ पारी तिमी।

यो स्वार्थी दुनियाँमा तिमी मात्र मेरी
म देखि नजाउ टाढा मेरी नारी तिमी।

समाजको जन्जिरलाइ तोड्न केनै छ र
मेरो नामको सिन्दूर, लाउ सारी तिमी।

लाखौं लाख देखे मैले रुप,धनी भाकी
सिंगो यो ब्रम्हान्डमा मनकारी तिमी।

तिमी संग जिउछु म,मर्छु तिमी संगै
तिमी बिना देख्नेछौ ब्रम्हाचारी तिमी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...