Wednesday, 18 November 2015

डस्छ भनेर

थाहा थे'न पराईको मुटुमा बस्छ भनेर
उचाईमा पुगे पछि तल्तिरै खस्छ भनेर।

दूध ख्वाई घरमा मैले पालेको सर्प रहेछ
आज आई आफैं लाई यसरी डस्छ भनेर।

शत्रु खोज्न टाढा जानु परेन मैले हरे राम
आफन्तले आफ्नै लाई छुरीले धस्छ भनेर।

मैले त सुनेको थिए पिरतीले घर बसाउछ
सोचेको थिइन आज खरानी घस्छ भनेर।

उचाली,कैले पछारी,नाचे उन्कै इसारामा
नाच्दै जादा बालुवाको दल्दल्मा फस्छ भनेर

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...