दिदी उता,भाइ यता पर्यो तिहारैमा
सम्झी सम्झी आँसु मात्र झर्यो तिहारैमा।
कोही कता,कोही कता,छैन खुशी कतै
खुशीहरु छर्पस्ट भै छर्यो तिहारैमा।
मखमली,सयपत्री गए त्यसै खेर
समय र बाध्यताले गर्यो तिहारैमा।
भाइ आउला भन्ने आशा त्यसै विलिन् भए
चेलीको आँसुले गह भर्यो तिहारैमा।
फुल माला टीकाले सजिने रहर थ्यो
उजाड गला,खाली निधार,टर्यो तिहारैमा।
No comments:
Post a Comment