लाउन नपाउदा निधारमा टीका तिहारमा
आज खसाउदैछु आँसुका ढिका तिहारमा।
प्रदेशमा तड्पी बसेका छौं दज्यु भाइ
यसपालिको तिहार पनि छ फिका तिहारमा
पोहोर सालको जस्तै यसपाली रंग थपिएन
यो कस्तो जिन्दगी हो हत्तेरिका तिहारमा।
समयले साथ दिएमा अर्को सालमा त
पक्कै लाउला टीका बैनी राधिका तिहारमा
लाउन नपाउदा निधारमा टीका तिहारमा
आज खसाउदैछु आँसुका ढिका तिहारमा।
No comments:
Post a Comment