हुनु छैन मलाइ बफादार कुकुर झैं
कतै धेरै बन्नुछ होसियार कुकुर झैं।
सबै कुरामा कुकुर सकारात्मक छैनन्
के गर्नु त सुतेर लगातार कुकुर झैं ।
जन्जिरले बाधिएको छ इमानदारीता
खोस्न पनि सक्दैन अधिकार कुकुर झैं।
आची पनि खाइदिन्छ खाना नदिए त
मालिकलाई माया गर्छ उ अपार कुकुर झैं
कहिले रिस उठे टोकी दिन्छ उसले
नत्र सहेर बस्छ अत्याचार कुकुर झैं।
No comments:
Post a Comment