राम्रो राम्रो अनुहारको जमाना
आफ्नो इच्छा अनुसारको जमाना।
छोरा-छोरी कोख बाटै छानिन्छ
सुखी खुशी परिवारको जमाना।
मान्छे देखि टाढा हुन्छ मान्छे नै
यो हो मानव अधिकारको जमाना।
के नै हो र जिन्दगी यो मान्छेको
दाज्यु भाइ मारामारको जमाना।
बिस्वास छैन कोही माथी कसैको
आयो हजूर होसियारको जमाना।
No comments:
Post a Comment