Tuesday, 10 November 2015

मेहफिल सजाउनु

गजलले छपक्कै मेहफिल सजाउनु
आउँछु सुटुक्कै तिम्रो दिल सजाउनु।

तिम्रो मनको सुन्दर,पबित्र मन्दिरमा
रंगीन बत्ती हरु टिलपिल सजाउनु।

आउँदैछु म त्यहाँ बिरानो ठाउँ छोडी
हाम्रो शहर लाई झिलमिल सजाउनु।

तिमी सम्म हुनेछ मेरो बाँकी सफर
तिमी आफैं मेरो मन्जिल सजाउननु।

क्रीम पाउडर घसेर,तिम्रो अनुहारमा
गाजल धसी नयनको डिल सजाउनु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...