Saturday, 7 November 2015

तारा देखिन

उज्यालोमा चम्किने कुनै तारा देखिन
यी नेताका गतिलो,राम्रो पारा देखिन।

कामको सट्टा सस्तो आश्वासन मात्र दिन्छन्

व्यवहारमा उतार्ने त्यस्तो नारा देखिन।

कहिले आउँछ पानी मेलम्चीको सर्कार
घरमा पानी आउने एउटै धारा देखिन।

थुनिएका छन् सुगा पिजडामा यसरी
भोक,प्यासले मर्दैछन्,कठै चारा देखिन।

उज्यालोमा चम्किने कुनै तारा देखिन
यी नेताका गतिलो,राम्रो पारा देखिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...