बा-आमाले घरमा गाल आयो भन्छन्
पुरुषहरूले अहो!माल आयो भन्छन्।
उपनाम थरी थरी पाउछन् नारीले
जिन्दगी उल्टाउने छाल आयो भन्छन्।
बलात्कृत भएर मारिन्छन् ती फेरि
अकालमै रीताको काल आयो भन्छन्।
रिसाउदा तथानाम गाली ,बेइज्जती
खुसीमा अप्सराको चाल आयो भन्छन्।
कति गिर्न सकेका हामी मर्द हरु
स्त्री लाई देखेर -याल आयो भन्छन्।
No comments:
Post a Comment