जिन्दगीमा आई फर्केर गयौ
आलो घाउमा नुनचुक छर्केर गयौ।
गर्नु गर्यो महल सपनाको भत्काई
छोडी दियौ मलाइ भीरैमा लड्काई।
लडी बेहोस थिए तर्केर गयौ
आलो घाउमा नुनचुक छर्केर गयौ।
पुर्णिमा झैं थियो,जीवन औंसी भयो
तिम्रो नजरमा त म नै दोसी भयो।
वर्षा रैछौ जोड्ले धर्केर गयौ
आलो घाउमा नुनचुक छर्केर गयौ।
No comments:
Post a Comment