निश्छल तिम्रो मुटुमा नाका-बन्द नगर
डुब्न देउ तालमा आँखा बन्द नगर।
गाउछ्यौ गीत मीठो एकान्तमा रहदा
मेरो सामुमा पर्दा भाका बन्द नगर।
तिम्रा अंग- प्रत्याङ्ग मेरो जिम्मामा छोड
माया पिरती चर्ने पाखा बन्द नगर।
बनाएको छु मैले सपनाको महल नै
हाम्रो सुन्दर संसारको खाका बन्द नगर।
निश्छल तिम्रो मुटुमा नाका-बन्द नगर
डुब्न देउ तालमा आँखा बन्द नगर।
No comments:
Post a Comment