एकान्तमा लुकी लुकी आँसु झारी दिए
के भयो र भनी सोध्दा त्यसै टारी दिए।
धर्ती लाई भन्दा पनि जूनको माया लाग्ने
आफू लाई भन्दा पनि उनको माया लाग्ने।
मेरा सबै सुख उनको नाउँमा सारी दिए
जसरी नि उनी लाई खुशी पारी दिए।
यात्रा उनको शुरु भयो मेरो आँसु झर्दै
उन्नतिको बाटो रोजी उनी खुशी भर्दै।
आफूले त आफ्नै सित खेल हारी दिए
आखिरीमा छोडी गई आश मारी दिए।
No comments:
Post a Comment