Saturday, 14 November 2015

बताइदिनु हजुर

मेरो माया कति छ बताइदिनु हजुर
गजालु ती आँखामा सजाइदिनु हजुर।

माया लाउने तरीका राम्रो संग जानिन
मायाका पाठ हरु पढाइदिनु हजुर।

कहिले म हसाउछु ,कहिले त रुवाउछु
कैले काहीँ रिसाउदा फकाइदिनु हजुर।

विशाल मन तिम्रो, फराकिलो बिचार
मेरो सानो मुटुमा अटाइदिनु हजुर।

म तिम्रो समिपमा छाइरहन चाहन्छु
टाढा भए सम्झना पठाइदिनु हजुर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...