Monday, 16 November 2015

मन अस्थीरमा छ

उथुल पुथुल भई मन अस्थीरमा छ
चोट मनमा ज्यादा,कम्ती शरीरमा छ।

टाढा भयौ धेरै,यो ज्यान बाट टाढा
हरेक रात हजार चुम्बन तस्वीरमा छ।

संझनामा तिम्रो उनिएको छु म
फुत्कनै सकिन,धारिलो झीरमा छ।

अन्तिम पल्ट भेट्न आउनु प्रिया मलाइ
सास मेरो जादैछ,जीवन आखीरमा छ।

यादमा जली पल्पल मरे पनि प्रिया
यो "माङ"सधैं भरी तिम्रो नै पीरमा छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...