माया गर्छु भनी औंठा छाप लाइ दिन्छु
सयौं जुनी संगै जिउने कसम खाइ दिन्छु।
तिम्रो चोखो तन दिन्छौ भने बिना शर्त
हासी,हासी तिमी लाई हात थमाइ दिन्छु।
बगैंचा रुपी तिम्रो त्यो जीवन सजाउनु
रंगी चंगी फूल माझ म हराइ दिन्छु।
बिस्वासको आधार खोज्छौ भने प्रिय तिमी
तिम्रो नामको सिन्दूर नै लगाइ दिन्छु।
आतुर छु म तिमी संग भेट्न लाई ऐल्यै
जहाँ बोलाउछौ तिम्ले त्यहीँ आइ दिन्छु।
No comments:
Post a Comment