आँखा मेरो रसायो उनको मेरो दुरी ले
बिदेशिन बिवश छु म आज मज्बुरी ले।
(हरे दैव भनीदेउ हुन्छ हाम्रो भेट कहिले)२
बिरानो प्रदेशमा कमाउन आको धन
सम्झेर पोल्छ मुटु घर छोडेको त्यो क्षण
कहिले त दुख्छ मन रोपे सरी छुरी ले
तड्पी र'छु उनैको मायाको अधुरी ले।
(हरे दैव भनीदेउ हुन्छ हाम्रो भेट कहिले)२
स्वदेशमा चाड-पर्व, होला हर्ष उल्लास
मन थाम्न नसकेर भएको छु उदास।
उडाउछ कि कतै मेरो सपना त्यो हुरीले
याद आउँछ प्रियालाई नचाएको बासुरीले।
(हरे दैव भनीदेउ हुन्छ हाम्रो भेट कहिले)२
No comments:
Post a Comment