खै बास हुन्छ हुन्न माया महल हरुमा
लागेको हुन्छ क्यारे बिर्को अकल हरुमा।
जमाना आयो कस्तो,आज कलियुगको
कसैको जान्न आँखा मान्छे असल हरुमा।
जस्को छ शक्ति यहाँ,हुन्छ पुजा उसैको
पुरिन्छन् निर्धो हरु गैरो खाडल हरुमा।
के छैन र धर्तीमा, स्वर्ग,सुख यहीँ छ
खोजिन्छ स्वर्ग किन माथी बादल हरुमा।
सम्पती प्रकृतिको मासिदैछ दिन्दिनै
मिसिदैछन् ढलहरु स्वच्छ ती जल हरुमा।
No comments:
Post a Comment