बनेर गोरी के काम मनमा कालो भए पछि
भनेर सोरी के काम मनमा कालो भए पछि।
नारी-पुरुष बराबर मुखैले भन्ने मात्र हुन्
जन्मा'र छोरी के काम मनमा कालो भए पछि।
पल्लो घरको पाकेटमार पुरै सुध्री सके अरे
छोडेर चोरी के काम मनमा कालो भए पछि
बनेर गोरी के काम मनमा कालो भए पछि
भनेर सोरी के काम मनमा कालो भए पछि।