Monday, 28 September 2015

शुरु गरे

जब तिम्लाइ मैले देख्न शुरु गरे
गीत र गजल हरु लेख्न शुरु गरे।

तिमी छौ नै यस्तै, मोहित पार्ने खालको
म तिम्रो जीवनमा, टेक्न शुरु गरे।

दु:ख,पीडा सबै बिलिन भए कता
लागेको घाउ,चोट सेक्न शुरु गरे।

सुख बटुलेर दु:ख भगाउदैछु
तिम्रो लागि खुशी ठेक्न शुरु गरे।

फुल जस्ती तिमी फुलिराख जीवनमा
तिम्रो छेउको काडा छेक्न शुरु गरे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...