सुनेको मैले मायाको कुनै आँखा हुदैन
पिरतीको कुनै धुन अनि भाका हुदैन।
प्रेमी प्रेमिकाको बीच जस्तो माया हुन्छ
बाबा र आमाको माया कैल्यै पाखा हुदैन।
भर पर्छु म त हजूर भगवानको लीलामा
पापी अनि अधर्मीको सन्तान साखा हुदैन।
बाहिरी आँखाले मान्छे चिन्न गार्हो हुन्छ
होला जस्ता देखिने ती सबै डाका हुदैन।
चालीस बर्ष पुगिसक्यो तैपनी बच्चै छ
दिमागले नै हो हेर्नुस्, उमेर पाका हुँदैन ।
No comments:
Post a Comment