साथ तिम्रो जिए पछि थाहा पाए
मात धेरै पिए पछि थाहा पाए।
सोचे जस्तो कहाँ हुन्छ र जीवनमा
धोका तिम्ले दिए पछि थाहा पाए।
दुख्या थेन फाटो आउदा हाम्रो बीच
पीडा मन सिए पछि थाहा पाए।
सोचेको थे माया लाउदा के नै जान्छ
मेरो मुटु खिए पछि थाहा पाए।
सङ्गै हुदा सम्बन्धको अर्थ के था
तिमि देखि टाढिए पछि थाहा पाए।
No comments:
Post a Comment