Tuesday, 15 September 2015

दशै/तिहार

बर्ष दिनको महान चाड दशै आको छ
यो ज्यानले बिदेशमा दु:ख पाको छ।
घरको बाबा आमालाइ कसरी रुझाउ म
जलिरछ मेरो मन कसरी बुझाउ म।

मखमली,सयपत्री झलमल फूले होलान्
साथी- भाइ सबै मिली गाउघर डुले होलान्
बर्ष दिनको महान चाड तिहार आको छ
परदेशैमा कुटु कुटु मुटु खाको छ।
दिदी र बहिनीलाइ कसरी रुझाउ म
जलिरछ मेरो मन कसरी बुझाउ म।

साथी-सङ्गी नाचे होलान् देउसी अनि  भैलोमा
छोरा आयो होला भनी आमा हेर्लिन् दैलोमा।
बर्ष दिनको महान चाड दशै आको छ
यो ज्यानले बिदेशमा दु:ख पाको छ
बर्ष दिनको महान चाड तिहार आको छ
परदेशैमा कुटु कुटु मुटु खाको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...