Friday, 25 September 2015

अन्धाधुन्दामा

यो दिलैमा आगो लगायौ अन्धाधुन्दामा
मुटु भित्र छुरा चलायौ अन्धाधुन्दामा।

बुझिनौ तिमीले मेरो साचो,चोखो माया
मायाको मुहानै सुकायौ अन्धाधुन्दामा।

माया गर्नु पाप हो भनी गलत सोच्यौ तिम्ले
ब्यर्थैमा किन धूम मचायौ अन्धाधुन्दामा।

खुशी थिए हिजो, बनायो दु:खी मायाले
सुखको सन्सारलाइ डढायौ अन्धधुन्दामा।

पीडा दियौ निर्दोष कमलो यो मुटु लाई
यो छातीमा गोली बर्सायौ अन्धाधुन्दामा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...