Friday, 25 September 2015

नयनको तालमा

डुबे म त तिम्रो नयनको तालमा
फसे म त तिम्रो मायाको जालमा।

भुतुक्कै भए हजुर त्यो कर्के हेराइमा
सतहमा थिए म पुर्यायौ गैराइमा।
पर्ने हो कि सायद ब्यर्थैको गालमा
फसे म त तिम्रो मायाको जालमा।

जो पर्ला सोही टर्ला म आफ्नो बनाउछु
यो दिलैको दरबारमा तिमी लाई सजाउछु।
झ्याइ पार्छु कसम यो आउने सालमा
फसे म त तिम्रो मायाको जालमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...