तिमी मेरी रानी दिलैमा सजाउछु म
ढाट्या हैन प्रिय सत्य नै बताउछु म।
बिन्ती गर्छु तिम्लाइ नटुक्र्याउ निर्दोस मुटु
यो मुटुको एउटा कुनामा बसाउछु म।
नभागी देउ टाढा यो ज्यान बाट त्यसरी
तिमी लाई आँखाको नानीमा लुकाउछु म।
स्वीकारी देउ प्रिया निस्छल,चोखो माया
होइन भने तिम्रै नाम लिई कराउछु म।
फुलेकी छौ तिमी ढकमक्क मनैमा
मेरो जीवन तिम्रो हातैमा थमाउछु म।
No comments:
Post a Comment