Sunday, 20 September 2015

करोड चाहिन्छ

जनता लाई गाउँ घरमा रोड चाहिन्छ
नेता लाई घुम्न फिर्न करोड चाहिन्छ।

अरु बेला सुनसान कता हराउँछ
चुनाबको बेलामा भोट चाहिन्छ।

हामीले चुनेका, माथी पाठा'का
काम गर्ने बेलामा नोट चाहिन्छ।

सोझो तालले हुन्न केही गरौं है
नेतालाइ अब त चोट चाहिन्छ।

ठोकठाक पार्नु पर्छ चोर नेता लाई
यिनीलाइ ठिक पार्ने "मेथोड" चाहिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...