Sunday, 20 September 2015

रातहरु

खुल्ला आकाशमुनि रातहरु काटिन्छन् गरीबका
मिहिनेती कर्मठ हातहरु काटिन्छन्  गरीबका।

दिन,रात काम गर्यो दुई छाक खाना नि पुग्दैन
सुख र दु:खका साथहरु काटिन्छन् गरीबका।

एकाइसौ शताब्दी लागेको भन्नू मात्र त हो
तल्लो,सानो भन्दै जातहरु काटिन्छन् गरीबका।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...