Saturday, 19 September 2015

वीरहरु काटिन्छन्

देशको लागि लड्ने वीरहरु काटिन्छन्
कहिल्यै नझुक्ने शीरहरु काटिन्छन् ।

जातीय र धार्मिक द्वन्द चर्किदैछ
गुम्बा,मस्जिद,चैत्य,मन्दीरहरु काटिन्छन्।

हामी सबै आफ्नै दाज्यु,भाइ,बा,आमा
आफन्तका तिनै शरीरहरु काटिन्छन् ।

भित्र होइन दुस्मन घर बाहिर नै छन्
दुस्मन बिरुद्धका तीरहरु काटिन्छन् ।

के गरीब के धनी हामी हौ नेपाली
शोषक भन्दै यहाँ अमीरहरु काटिन्छन्।

देशको लागि लड्ने वीरहरु काटिन्छ्न्
कहिल्यै नझुक्ने शीरहरु काटिन्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...