कान्छीले तीजैमा दर चाहियो रे
यो आउने मङ्सिरमा बर चाहियो रे।
छम छमी नाचेर धोको फेर्ने भो
घिउ हैन खीर हैन तर चाहियो रे।
१६ पुगी १७ लागी बैँस आ होला
सुख - दु:ख बाड्न भर चाहियो रे।
व्रत बसी दिन भरी माग्छे चाहेको
राम्रो केटा गतिलो घर चाहियो रे।
तीजैको रहर आयो उनी लाई
यही रहरमा नयाँ थर चाहियो रे।
No comments:
Post a Comment